संस्थाका महासचिव बद्री पाण्डेले पहिलो चरणमा पत्राचार गरिने, दोस्रो चरणमा रोयल्टी नतिर्ने स्कुल, रेस्टुरेन्ट र यातायात क्षेत्रका संस्थासँग छलफल गरिने र तेस्रो चरणमा संगीत प्रयोग नगर्ने शर्तनामा गरेका क्षेत्रमा ‘नो म्युजिक’ लेखिएको स्टिकर टाँसिने बताए ।