रोयल्टीका विषयमा अन्तर्क्रिया एवं प्रशिक्षण.

रोयल्टीका विषयमा अन्तर्क्रिया एवं प्रशिक्षण.

20 Mar, 2025

उपत्यका प्रहरी प्रमुख टेकबहादुर तामाङको साथ र सहयोगले उपत्यकाका ६० जना प्रहरी अधिकृतहरूको उपस्थितिमा स्रष्टाहरूले आफ्नो अधिकार हनन् भएको हुँदा फौजदारी मुद्दा अनुसार अगाडि बढिदिन प्रहरीलाई अनुरोध गरेका थिए । स्रष्टाको अधिकारका विषयमा मुद्दा लिएर कारबाही अगाडि बढाउन स्रष्टाहरूले अनुरोध गरेका थिए ।

सो कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश चन्द्र अधिकारी, गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, पूर्वरजिष्ट्रार तथा कवि गीतकार बिसुकुमार केसीलगायत अन्य प्रतिनिधि, उपत्यका प्रहरी कार्यालय मातहतका मुद्दा चल्ने सबै कार्यालयका सिनियर प्रहरी अधिकृतहरू, प्रशिक्षकलगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति थियो ।

कार्यक्रममा प्रतिलिपि अधिकारको विषयमा कवि गीतकार तथा पूर्वरजिष्ट्रार बिसुकुमारले प्रशिक्षण दिनुभएको थियो भने रोयल्टीका विषयमा संगीत रोयल्टी संकलन समाजका महाचिव बद्री पाण्डेले डाटासहित रोयल्टीको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण संगीत रोयल्टी संकलन समाजका पूर्वअध्यक्ष चर्चित संगीतकार महेश खड्काले गर्नुभएको थियो ।

 

View More

Latest news

TOP