December 27th, 2022

– बद्रि पान्डे

सङ्गीत रोयल्टी संकलन समाज नेपाल एक अविछिन्न उत्तराधिकारवाला, संगठित, स्वशासित, गैर नाफामूलक, गैर राजनीतिक तथा गैर सरकारी संस्था हो । संस्थाले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेच विखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न र व्यक्ति सरह नालिस – उजुर गर्न सक्नेछ । प्रतिलिपि अधिकार ऐन, २०५९ द्वारा सङ्गीत विधाका रचयिता तथा प्रकाशकहरूलाई प्रदत्त अधिकारको संरक्षण तथा कार्यान्वयन गर्न उल्लिखित ऐनको दफा (३९) को प्रावधान अन्तर्गत नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयबाट मिति २०६४/०२/२५ मा स्वीकृति प्राप्त गरी सङ्गीत रोयल्टी संकलन समाज नेपाल गठन भएको हो । प्रतिलिपि अधिकार नियमावली, २०६१ को नियम १० बमोजिम काम, कर्तव्य र अधिकार प्राप्त समाजले समाजको विधान, २०६४ को अधिनमा रही सांगीतिक रचना धनीका अधिकारहरूको संरक्षण एव सांगीतिक रचनाहरूको प्रयोग र प्रवर्द्धनलाई प्रोत्साहन गर्दै त्यस्ता सृजनाको सार्वजनिक प्रयोग वापत् रोयल्टी संकलन गरी सम्बन्धित अधिकार धनी समक्ष वितरण गर्ने कार्य गर्दै आइरहेको छ । गीतकार, संगीतकार तथा प्रकाशक सदस्य रहने सङ्गीत रोयल्टी संकलन समाज नेपालमा हाल १६९६ सदस्य रहेका छन । संस्थाका संस्थापक अध्यक्ष स्व.रत्न शमशेर थापा हुनुहुन्थ्यो भन २०७८ भाद्र २९ को बाहौ साधारण सभाबाट सुरेश चन्द्र अधिकारी अध्यक्ष हुनुहुन्छ । संस्थाका गतिविधिका सम्बन्धमा संस्थाका महासचिव बि. पाण्डेसंग जनसवाल दैनिकका सम्पादक रामजी बगालेले लिनुभएको अर्न्तवार्ताको सारांश :

सर्वप्रथम त नेपाल सरकारको सिफारिसमा राष्ट्रपति ज्यु बाट स्वीकृत भई जनसेवाश्री २०७९ विभूषण द्वारा विभूषित हुनुहुने भएकोमा यहालाई धेरै धेरै शुभकामना /

प्रश्न : संगीत रोयल्टी संकलन समाज नेपालको बर्तमान अबस्था के छ ?

-२०६४ मा दर्ता भै संचालनमा आएको यस सस्थालाई १२औं साधारण सभाबाट हामीले नेतृत्व गर्न पाउदाको अबस्थालाई हेर्ने हो भने खासै चित्त बुझाउने अबस्थामा नपाइएको देखियो । धेरै स्रस्टाहरुको गुनासो बीच लामो समय देखि संकलित रोयल्टीलाई बितरण नगर्नु, रोयल्टी संकलनको हर-हिसाब पारदर्शी नहुनु, सस्थालाई Digitalize गर्ने बिषयमा सामान्य संस्थाको Website सम्म संचालनमा नहुनु, अर्न्तराष्ट्रिय सम्बन्धहरु प्रायः निस्क्रिय हुनु, स्रस्टा बीचमा अनावश्यक तथा अस्वाभाविक राजनीतिको प्रवेश हुनु, संस्थागत कुनै प्रगति नदेखिनु, साथै गम्भीर आर्थिक अनमियतताको प्रश्न देखिनु जस्तो अवस्थामा हामीले वा मैले महासचिवको रुपमा सस्थाको नेतृत्व लिने अवसर पाए । माथि उल्लेखित समस्याहरुलाई केलाउदै नयाँ कार्ययोजना सहित अहिले हाम्रो टिम अगाडि बढिरहेको अबस्था छ । अर्न्तराष्ट्रिय सम्बन्धहरु र संस्थालाई समय सापेक्ष प्रबिधि र प्राबिधिक युक्त बनाई प्रयोगमा ल्याई अर्न्तराष्ट्रिय क्षेत्रबाट संगीत रोयल्टी संकलन कार्यको शुरु गर्न मेरो नेतृत्वमा Digital समिति बनाई कामहरु शुरु भयो त्यसैगरि लामो समय देखि रोकिएको संकलित रोयल्टी बितरण गर्न मेरै नेतृत्वमा विभिन्न समितिहरु बनि विभिन्न चरणमा छलफल गरि बोर्ड मार्फत रोयल्टी बितरण कार्ययोजना बनाई लागू गराई गत जेष्ठ २५ गते संस्थाको जन्मोत्सवको शुभ समय पारेर १६७१ सदस्यहरुलाई रु. १,०१,००,७८६।- रुपैयाँ रोयल्टी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सहितको उपस्थितिमा बितरण गरियो ।

आर्थिक अपारदर्शिताको बिषयलाई सुक्ष्म रुपमा अध्ययन गर्न बिभिन्न समितिहरुलाई सक्रिय गरिएको छ भने अब हुने आर्थिक पारदर्शिताको लागि केही गुरु कार्ययोजना बनाई लागु गरेका छौ । प्रत्येक बर्ष संस्थाको जन्मोत्सवको दिन त्यस बर्ष संकलित रोयल्टीलाई बितरण गर्ने कार्ययोजना पास गरि लागु गरेका छौ भने मेरो संयोजकत्वमा रहेको Digital समितिले संस्थाको Website संचालनमा ल्याईसकेको छ साथै करिब २६ वटा देशहरुका रोयल्टी संकलन संस्थाहरु संग Reciprocal agreement गरि अर्न्तराष्ट्रिय छाता संगठन CISAC संगको सम्बन्धलाई नवीकरण समेत गरिसकेको छ । राष्ट्रिय तथा अर्न्तराष्ट्रिय स्तरमा हाम्रो गीत संगीत प्रयोग हुने विभिन्न Platform हरु संग रोयल्टीका सम्बन्धमा छलफललाई तीब, गतिमा अगाडि बढाउदै Facebook र Youtube संग सम्झौता समेत सम्पन्न भैसकेको छ । अब केहि महत्वपुर्ण Software कम्पनीहरुसंग सहकार्यका लागि छलफल गरिरहेको छु र यो सम्पन्न हुनासाथ रोयल्टी संकलनमा नसोचेको सफलता हात लाग्ने छ । साथै स्रस्टा बिचको तिक्तताहरु पनि धेरै हदसम्म न्यूनीकरणको अबस्थामा पुगेको छ र सबै एकजुट भै आफ्नो रोयल्टी अधिकारका लागि अघि बढ्ने बाताबरण निर्माण गर्न महत्वपुर्ण भूमिका निर्बाह गरिरहेको छु र यो सफलता उन्मुख छ ।

प्रश्न : अब के सबै स्रस्टाहरुले रोयल्टी प्राप्त गर्छन त ?

-यो सजिलो कुरा होइन तर हामी यसमै आफ्नो धेरै जसो समय लगाएर छलफलमा जुटीरहेका छौ । राज्यले ऐन तथा नियमावली त बनाइदिएको छ तर त्यो समय सापेक्ष छैन । त्यसलाई पुनर्लेखन गर्नु पर्ने अबस्थालाई हामीले अध्ययन गरिरहेका छौ र यो अझ ठुलो चुनौती हो सजिलो छैन । जब सरकार ले नै यो बिषयलाई गम्भीर रुपमा लिदैन तब सम्म सबै स्रस्टाहरुले रोयल्टी प्राप्त गर्ने हाम्रो उद्देश्य पुरा हुने अबस्था छैन । अस्ति भर्खर मात्र पनि हाम्रो पहलमा हामीले प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत विभिन्न मन्त्रालयका सचिब ज्यु लगायतसंग बैठक गरि हाम्रो कुराहरु राख्यौ । उहाँहरु पनि यस बिषयमा गम्भीर भएको पाइयो । हामीले जसरी विदेशबाट रोयल्टीको अपेक्षा गरिरहेका छौ त्यसैगरि बिदेशी गीत संगीत नेपाल Territory मा बजे बापतको रोयल्टी संकलन गरि सम्बन्धित देशलाई पठाउनु पर्ने पनि हाम्रो कर्तव्य हुन आउछ । तेसैले यो बिषय अर्न्तराष्ट्रिय स्तरमा प्रत्यक्ष जोडिएकोले राज्यले महत्वका साथ हेरिनु पर्छ । आस गरौ सबै कुरा मिल्दै जाने छ र सबै स्रस्टाले आफ्नो रोयल्टी अधिकार पाउने छन ।

प्रश्न : हालसालै भारत स्थित भारतीय संगीत रोयल्टी संकल समाज IPRS को Visit गरेर आउनु भो जाबेद अख्तरसंगको भेट र भएका छलफल र उपलब्धिका बारे खुलेर सबैले जानकारी नपाएको गुनासो छ ?

-त्यस्तो खास वा गोप्य राख्नु पर्ने विषय त्यस्तो केहि होईन । उहाँ विश्वमाझ परिचित लेखक हुनुहुन्छ । लेखन क्षेत्र तथा कलाकारिता क्षेत्र मलाइ यस कारण पनि मन पर्छ कि यसको कुनै भूगोल सिमा हुदैन । देश सानो ठुलो हुन सक्छ जनसंख्या थोरै धेरै हुन सक्छ । सिर्जनशिलतामा यस्तो कुनैपनि सिमा र संख्याले असर गर्दैन । जाबेद साप बलिउड चलचित्रका मसहुर गीत लेखक हुन भने उर्दु कवि पनि हुन । हामी धेरै नेपाली गीतकार तथा कविहरु उहाँको लेखनबाट धेरै प्रभावित छौ र Fan पनि उतिकै छौ । उहाँ संगको भेटमा मैले नेपाली गीत संगीतको बारेमा कुराकानी गरे । उहाँले पनि आफ्नो गीत संगीतका बारेमा धेरै कुराहरु Share गर्नु भयो । नेपाल र भारत अत्यन्त नजिकका छिमेकी भएकोले हाम्रो गीत संगीत संस्कृति एक अर्कामा परिचित नै छ । मैले आफुले तयार पारेको “मेरा सय गीतहरु” नामको गीति पुस्तकलाई लोकार्पण गरिदिन अनुरोध गरे उहाँले It’s my pleasure भन्दै मलाई शुभकामना दिनु भयो । नेपाली सर्जकको किर्ति लोकार्पण गर्न पाउदा खुशी लाग्यो र म कुनै नेपाली भाषीको सहयोग लिएर तपाईका सबै सृजनालाई पढ्ने छु भन्नु भयो । म संगीत रोयल्टी संकलन समाजको महासचिवको हैसियतले उहाँकै निमन्त्रणामा IPRS visit को लागि मुम्बई पुगेको थिए । भारतले गीत संगीतको रोयल्टी ब्यबस्थापनमा प्राप्त गरेको सफलतालाई मैले अत्यन्त नजिकबाट नियाल्ने मौका पाए । हामीले संगै Lunch लियौ र नेपालमा संगीत रोयल्टीलाई कसरी व्यबस्थापन गर्न सकिन्छ भन्ने बिषयमा धेरै छलफल गर्यो । उहाँले नेपाली सर्जकहरुलाई माया र सम्मानको समाचार पठाउदै आफुले हरेक तरिकाले सहयोग गर्ने प्रतिबद्धता दिनु भयो । कुरा बास्तबमा यत्तिनै हुन IPRS ले हामीलाई प्राविधिक रुपमा सरसहयोग उपलब्ध गराउने प्रतिबद्धता गरेको छ । हाम्रो संयुक्त Catalogue को बारेमा पनि छलफल भयो र नयाँ Reciprocal agreement का साथ अघि बढ्ने निर्णय गर्यो ।

प्रश्न : तपाइँ महासचिब भए पछि खास खास के कुरा हरुमा परिबर्तन भएको छ त ?

-तपाइले मेरो लागि गम्भीर प्रश्न राख्नु भयो । गत भाद्र २९ गते पश्चात् संस्थाको महासचिवको भूमिकामा मैले आफुलाई खरो रुपमा प्रस्तुत गरिरहेको छु । सामान्यतया संस्थाको Website सम्म नभएको अबस्थालाई मैले चिदै प्रविधि र प्राविधिक का रुपमा सस्थालाई निकै अगाडि बढाई सकेको छु । अब सदस्य बन्न चाहने स्रस्टाले Website मार्फत नै सदस्यताका प्रक्रियालाई पुरा गर्न सक्नु हुन्छ । अर्न्तराष्ट्रिय रुपमा स्रस्टाको रोयल्टी संकलन गर्ने करिब २६ भन्दा बढी CMO संग Reciprocal agreement गराएको छु | Facebook र Youtube संग रोयल्टी सम्बन्धि सम्झौता गराइसकेको छ भने WIPO Connect सम्झौता सम्पन्न भैसकेको छ । CISAC संगको सम्बन्धलाई नवीकरण गर्दै हाम्रो उपस्थितिलाई अर्न्तराष्ट्रिय बजारमा पुऱ्याएको छु भने Facebook मार्फत पहिलो किस्ता रोयल्टी संस्थामा आइसकेको छ । ISWC Generate गर्ने कार्य सम्पन्नताको अन्तिम चरणमा पुगेको छ । यस बाट अन्तराष्ट्रिय बजारमा हाम्रो संगीत प्रयोग हुदाँ Tracking हुने अबस्था शुरु हुन्छ जसबाट हामीले हाम्रो रोयल्टी Claim गर्न सक्ने छौ ।

प्रश्न : भावी योजना के के छन त अब ?

-अब हुने साधारण सभा मार्फत सस्थाको बिधान, आर्थिक नियमावली, कर्मचारी नियमावली, तथा रोयल्टी सम्बन्धि बिस्तृत मापदण्डहरुलाई संशोधन तथा पुनर्लेखन गरि सभामा प्रस्तुत गरेर पास गर्नु पर्ने तयारीमा जुटेको छु । प्रतिलिपि अधिकार ऐनलाई संशोधन तथा पुनर्लेखन का लागि छलफलका कार्ययोजनाहरु लाई अगाडि बढाई आइरहेका छौ । कम्तिमा यस बर्ष भित्रमा सबै स्रस्टाले यस संस्थामा सदस्यता लिने ब्यबस्था मिलाई Online रोयल्टी दिने ब्यबस्था मिलाउने लक्ष्य लिएको छु जसले आर्थिक पारदर्शितालाई टेवा पुऱ्याउने छ । यो वर्षबाट अर्न्तराष्ट्रिय रोयल्टी संकलनमा सफलता प्राप्त हुने बिश्वास राखेको छु र त्यसै अनुरुप अगाडि बढेको छु । जय गीत जय संगीत ।

Source: Janasawal